
नागरिक उड्डयन प्राधिकरणले सुरक्षा अभिवृद्धिका लागि नेपालगञ्जबाट सुरक्षा निरीक्षण गर्ने
सुरक्षा अभिवृद्धिका लागि नागरिक उड्डयन प्राधिकरणले देशैभरका विमानस्थलहरुको उडान सुरक्षा निरीक्षण गर्ने भएको छ।
धावनमार्गमा वन्यजन्तु लगायत विभिन्न समस्याहरु देखा परेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरुको भौतिक समस्या समाधान गर्ने उदेश्यले उडान सुरक्षा निरीक्षण गर्ने भएको प्राधिकरणले जनाएको छ।
क्षेत्रीय रुपमा गर्न लागिएको निरीक्षण नेपालगञ्जबाट सुरु गर्ने र निरीक्षणमा ड्डयन सँग जोडिएका सबै निकाय अन्तर्गतका पदाधिकारी रहने बताईएको
छ ।