
रोजगारीमा जाने श्रमिकलाई नेपाल वायुसेवा निगमले ४० वटा सस्तो टिकट दिने भएको छ ।
मंगलबार निगम व्यवस्थापन र कर्मचारीहरुसँग निगमकै कार्यालयमा भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि ४० वटा सस्तो टिकट दिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् ।
मन्त्री आलेले विदेशमा रोजगारीका लागि जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका छन्।
यस अघि निगमले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई २० वटा यस्तो टिकट उपलब्ध गराउदै आएको थियो