२०७८ पुष १०, शनिबार | २०८१ माघ ७ | [email protected]

युएनडिपी र पर्यटन बोर्डको पहलमा साईकल ट्रेल निर्माण

२०७८ पुष १०, शनिबार

कोरोनाले थलिएको पर्यटन क्षेत्रमा केही राहत मिलेको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिमा करिब १५ किलो मिटरको साहसिक साइकल ट्रेल निर्माण गरेको छ ।

एक समारोहको विच उक्त साहसिक साईकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले उदघाटन गरेको हो ।

कीर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६,७,८ र ९ मा निर्माण गरिएको उक्त साईकल टे«ल बोसनडाँडा देखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म पुगेर टुङ्गिन्छ ।

मन्तव्यको क्रममा पूर्वमन्त्री केसीले कोरोनाले पर्यटन क्षेत्र तहस नहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुकासाथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले निरन्तर पहल गरिहको जानकारी दिँदै यो परियोजनाबाट बनेका संरचनाहरुको दीगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अघि सक्रिय रहनु पर्ने बताए ।

विशेष अतिथिको रुपमा उपस्थित भएको युएनडीपीका नेपाल स्थित आवासिय उपप्रतिनिधी बर्नाडो कोकोले यस परियोजनाले थोरे भएपनि अल्पकालीन रोजगारी सिर्जनामा सहयोग गरेको उल्लेख गर्दै नेपालको दीगो पर्यटन विकासमा युएनडीपीको सधैं सहयोग रहने बताए ।

यस्तै यस्तै युएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले पर्यटन बोर्डसँगको सहकार्यबाट सञ्चालित परियोजनाको काम सन्तोषजनक रहेको बताउँदै कोभिड १९ संक्रमणले पर्यटन मजदुर बेरोजगार बनेको समयामा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहतको काम गरेको बताए।

उक्त कार्यक्रममा चन्द्रागिरी नगरपािलकाका नगर प्रमुख घनश्याम गिरी, कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश मर्हजन लगायत पर्यटन व्यवसायीहरु, त्यस क्षेत्रमा पर्ने वडाका वडा अध्यक्षहरु, साईकल राईडरहरु, पत्रकारहरु आदीको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस्तै पर्यटन बोर्डका सदस्य ङामा निमा शेर्पाले पर्यटकीय गन्त्व्य बन्नुभन्दा त्यसको दीगो व्यवस्थापन महत्वपूर्ण रहेको बताउँदै साइकिल्ङ्ग आफैमा साहसिक पर्यटन मात्र नभएर पर्यावरण र स्वास्थ्यका हिसावले पनि महत्वपूर्ण रहेको बताए ।

उक्त साहसिक टे«लको उद्घाटन गर्नु पूर्व नेपाल पर्यटन बोर्डबाट करिब ५० जना साइकिल्सटहरु सहभागी र्‍याली बोर्डबाट कार्यक्रम स्थलसम्म पुगेको थियो । कार्यक्रम टिपि भुशालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख