२०७८ पुष १५, बिहीबार | २०८१ चैत्र ७ | [email protected]

वायुसेवा निगमको दुईवटा विमान एकै दिन ग्राउन्डेड

२०७८ पुष १५, बिहीबार

मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएका छन् । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउन्डेड भएका हुन् ।

निगमको मंगलबार ९ एन-एकेडब्लु कलसाइन भएको न्यारोबडी विमान र ९ एन-एलवाई कलसाइन भएको वाइडबडी विमानमा अचानक प्राविधिक समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ ।

निगमका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो ।

यसैगरी, काठमाडौंबाट जापानको नारिता उडान भर्न तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण सो विमान पनि अहिलेसम्म विमानस्थलमै ग्राउन्डेड भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् । उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ अर्को विमानबाट नारिता पठाइएको जानकारी गराइन् ।  आजको  राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख