
नेपाल एयरलाइन्सबाट यात्रा गर्दा विद्युत् प्राधिकरणका कर्मचारीले १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच सोमबार विद्युत् प्राधिकरणका कर्मचारीले विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेसँगै प्राधिकरणका कर्मचारीले छुट पाउने भएका हुन ।
विद्युत् प्राधिकरणका कर्मचारीले छुट पाउन निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नु पर्ने छ र प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
रिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।