२०७८ पुष २४, शनिबार | २०८१ माघ ७ | [email protected]

५० बेड माथिका होटलहरुलाई मात्र इआइए लागू हुन्छ – पर्यटन मन्त्री प्रेम आले

२०७८ पुष २४, शनिबार

प्रमोद चौलागाँई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले ५० बेड माथिका होटलका लागि मात्र इआइए लागू हुने होटल व्यवसायीहरुलाई आश्वासन दिएका छन् ।

शनिबार भैरहवामा होटल व्यवसायी महासंघ नेपालको ९ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री प्रेम आले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) १० शय्याभन्दा माथिको होटल तथा रिसोर्ट सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान परिमार्जन गरी ५० शय्याभन्दा माथिलाई मात्र लागूहुने बनाउन आफुले वन मन्त्रालय र मन्त्री संग छलफल गर्ने बताए ।

मन्त्री आलले दुई वर्ष देखि कोरोनाका कारण होटल व्यवसायमा परेको प्रभाव र अर्काको घरमा होटल व्यवसाय गरेका व्यसायीलाई राहात पुग्ने गरी आफुले काम गर्ने बताए ।

यस अघि मन्त्री आलेलाई होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) ५० शय्याभन्दा माथिलाई मात्र लागू गर्न र कोरोना भाइरसका कारण होटल व्यवसायमा परेको प्रभाका बारेमा १७ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको थियो

प्रतिक्रिया

सम्बन्धित ख