नागरिक उड्डयन प्राधिकरणको कमाइ बढ्यो
कोरोना सङ्क्रमणका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणको कमाइ बढेको छ । कोभिडका कारण सबै भन्दा बढि एयरलाइन्स र होटल क्षेत्र भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने नाफा कमाएको छ ।
प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब. २०७७ ७८ मा रु ५७ करोड ४५ लाख अर्थात २७ दशमलव ७१ प्रतिशतले बढेको देखाएको छ । प्राधिकरणले सो आवमा विमानस्थल विकास शुल्कबाहेक रु २ अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकोमा दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी गरेको छ ।
प्राधिकरणले विमानस्थल विकास शुल्कतर्फ रु ६० करोड २८ लाख प्रक्षेपण गरिएकोमा रु ३० करोड ९६ लाख आम्दानी भएको छ ।
यस्तै प्राधिकरणको आव २०७७÷७८ मा पुँजीगत खर्चतर्फ रु ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा रु तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च रु ६ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा रु ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च रु दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च रु दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा रु १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको देखाएको छ ।