
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीको शुक्रबार ५८ वर्षे हदका कारण अवकाश भएपछि ठाकुरलाई आइतबार निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
उता क्षत्रीले चार वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने दाबी गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनको रिटमा शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गदै पुस ३० गते सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको छ ।