२०७८ पुष २८, बुधबार | २०८१ माघ ११ | [email protected]

१० क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन, अटेर गरे इजाजत पत्र रद्द

२०७८ पुष २८, बुधबार

यि हुन रोयल्टी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो

१० वटा क्यासिनो कम्पनीलाई पर्यटन विभागले पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै १० क्यासिनो कम्पनीलाई पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन समय तोकेको हो ।

विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव. २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर र आब. २०७८/०८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर पुस समान्तभित्र दाखिला गर्न अनुरोध गरेको छ । साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले जनाएको छ ।

यि हुन रोयल्टी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो

रोयल्टी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनोहरूमा होटल सांग्रीलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा.लि., तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन, मल्ल होटल परिसरको बेल्लिज नेपाल,  एभरेष्ट हस्पिटालिटी एन्ण्ड होटलको डेल्टइन नेपाल प्रा.लि., होटल टाइगर रुपन्देहिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिचद्धार्थ परिवारको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् बाँकेको इम्पेरियल इन्टरनेश्नल र काठमाडौंको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रा.लि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख