बतास समूहलाई दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएको भन्दै विवादमा तानिएका नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।
दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा राजीनामा बुझाएका हुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानबिन समितिले संग्रहालयभित्र अवैध संरचना निर्माण गर्नुमा दाहालको मुख्य कमजोरी देखिएको निष्कर्ष निकालेको थियो ।