
नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको अध्यक्षमा लक्ष्मण तिवारी निर्वाचित हुुनुभएको छ ।
युनियनको मंगलबार पोखरामा सम्पन्न ११ औँ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा लक्ष्मण तिवारी निर्वाचित हुुनुभएको हो । अधिवेशनबाट तिवारीको अध्यक्षतामा २९ जना कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा मनमोहन गायक, तारनीधि(रमेश) पन्त, टिककुमारी थापा, ललिता केसी, महासचिवमा कमल घिमिरे, उप हासचिवमा रन्जु थापा, सचिवमा बद्रि भण्डारी, सचिव निशा बराल, सचिव चन्द्रकान्त पौडेल, सचिव नेत्रलाल श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा रुद्र पोखरेल, सुना गुरुङ, बाबुराम पौडेल, विश्व कार्की, तिर्थ सुवेदी, केशवराज सापकोटा, भविश्वर पोख्रेल, राजेन्द्रशंकर नापित, डिल्लीप्रसाद बजगाँई, दिपेन्द्र खत्री, प्रमोद आचार्य, कुण्डल बहादुर खड्का, कल्पना लामा, दानबहादुर धिमाल, गिता लामिछाने, मोनिका गुरुङ, इशु खत्री क्षेत्री, राजु बडुवाल चयन हुनुभएको छ ।