नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनि बुद्ध एयरले आफ्ना यात्रुहरूमाथि गरेको सर्वेक्षणमा ९५ प्रतिशत हवाइ यात्रुले खोप लगाएको दावी गरेको छ ।
बुद्ध एयरले उडान गरिरहेको गन्तव्यहरूमा जाने १८९५ यात्रुहरूमाथि गरेको सर्वेक्षणमा १७९३ जना यात्रुहरूले खोप लगाएका पाइएको छ।
सरकारले आन्तरिक उडानमा पनि खोप अनिवार्य हुनुपर्ने निर्णय गरे पिछ बुद्ध एयरले यात्रुहरूमाथि गरेको सर्वेक्षण सावर्जिनक गरेको हो ।
बुद्ध एयरको सर्वेक्षण अनुसार विराटनगरमा ९३.९४ प्रतिशत, भैरहवा ९४.५८ प्रतिशत, नेपालगञ्ज ९३.७३ प्रतिशत, भद्रपुर ९३.४९ प्रतिशत, जनकपुर ९८.९५ प्रतिशत, सिमरा ९३.९७ प्रतिशत, भरतपुर ९३.९८ प्रतिशत, धनगढी ९५.७४ प्रतिशत, तुम्लिङटार ९६.९७ प्रतिशत, राजविराज ९० प्रतिशत र सुर्खेत १०० प्रतिशत यात्रुहरुले खोप लगाएका छन् ।