२०७८ पुष ३०, शुक्रबार | २०८१ फाल्गुन ४ | [email protected]

त्रिभुवन विमानस्थलमा स्वागत तथा बिदाइका लागि नजान अनुरोध, जरुरी बाहेक भि पास नदिइने

२०७८ पुष ३०, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि विमानस्थल नगईदिन अनुरोध गरेको छ ।

कार्यालयले विज्ञप्ति जारी गदै जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइका लागि मात्र विमानस्थल नजान अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिन साथै हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालासँंग विशेष अनुरोध गरिएको छ ।

साथै, कोभिड –१९ को जोखिमलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक पास उपलब्ध नगराइने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख