२०७८ पुष ३०, शुक्रबार | २०८१ कार्तिक १७ | ourtourismnews@gmail.com

बीरगंज महानगरपालिकालाई होटल व्यवसायीले बुझाए ज्ञापनपत्र, सम्पति र व्यवसायी कर छुटको माग

२०७८ पुष ३०, शुक्रबार

कोरोना कालमा कुनै छुट नदिएको बीरगंज महानगरपालिकालाई होटल व्यवसायी संघ पर्साले ज्ञापनपत्र बुझाएको छ । शुक्रबार संघका अध्यक्ष दिपकमान श्रेष्ठ सहितको व्यवसायीहरुको टोलिले महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी लाई आफ्ना माग सहित ज्ञापनपत्र बुझाएको संघका महासचिव तबरेज आलमले बताए ।

आलमले देशभरका पालिकाहरुले होटल तथा पर्यटन व्यवसायीहरुलाई विभिन्न छुट तथा सुविधा दिए पनि बीरगंज महानगरपालिकाले अहिले सम्म यहाँका व्यवसायीहरुलाई कुनै प्रकारको छुट नदिनु दुखद भएको बताए ।

संघले महानगरपालिकाका प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ विश्व व्यापी महामारीको रुपमा विगत २ वर्ष देखि कोरोनाको व्ययापक असर होटल तथा पर्यटन क्षेलाई नेपाल सरकारले अति प्रभावित क्षेत्र घोषण गर्यो । नेपाल सकारको निति तथा कार्यक्रममा पर्यटन पुन स्थापन गर्नका लागि विभिन्न प्रकारको कर छुटको विषय घोषण गरियो । सो विषयलाई देशभरका पालिकाहरुले पर्यटन क्षेत्रलाई सम्पतिकर, व्यवसाय कर र विभिन्न करहरुमा शत प्रतिशत छुट् गर्यो।

देशको एक मात्र विरगंज महानगरपालिकाले आफ्ले राजश्व निति ४३ मा उल्लेख गरेको होटल तथा पर्यटन व्यवसायी क्षेत्र बाहेक घोषणा गरेको सम्पूर्णलाई छुटको व्यवस्था गर्ने र होटल तथा पर्यटन व्यवसायलाई छुट दायरामा नल्उने होटल व्यवसायी संघ पर्साको गम्भिर ध्यान आकर्षण भएको छ । सो नेपाल सरकारको निति तथा कार्यक्रम अनसुार होटल व्यवसायी संघ पर्साका सम्पूर्ण व्यवसायीहरुको सम्पति कर, व्यवसायी कर शतप्रतिशत छुटको व्यवस्था गर्न होटल व्यवसायी संघ पर्सा जोडदार माग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित ख