२०७८ माघ ५, बुधबार | २०८१ माघ २९ | [email protected]

क्यासिनोको रोयल्टी नतिरी भाग्न खोजेका टाइगर प्यालेस रिसोर्टका सीइओ १४ करोड बैंक ग्यारेन्टीमा उडे अमेरिका

२०७८ माघ ५, बुधबार

क्यासिनोको रोयल्टी नतिरी भाग्न खोजेका भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टका सीइओले १४ करोड बैंक ग्यारेन्टी बुझाएर अमेरिका उडेका छन् ।

सिइओ माइक बोल्सोभरले भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टभित्र एचएलएल म्यानेजमेन्ट प्रालिनामक क्यासिनो संचालन गर्दै आएका थिए ।

पर्यटन विभागले केहि दिन अघि सरकारलाई क्यासिनो वापतको रोयल्टी तिर्न एक सूचना जारी गरे पछि रोयल्टी नतिरी अमेरिका जान लागेका सिइओ बोल्सोभरलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।

तर सिइओ बोल्सोभरले १४ करोड बैंक ग्यारेन्टी पर्यटन मन्त्रालयमा बुझाएपछि अमेरिका उडेका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख