
अध्यागमन विभागले नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुका लागि सूचना जारी गरेको छ ।
कोभेड १९ को संक्रमण बढ्दै गएपछि अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई प्रदान गर्ने गरेको ‘अन अराइभल भिसा’ मा कडाइ गरेको छ ।
अब अन अराइभल भिसा लिन कोभिड १९ खोपको मात्रा पूरा गरेको १४ दिन पुरा भएको प्रमाण, हवाइ उडनका लागि चेक हुनुभन्दा ७२ घण्टा भित्रको कोभिड १९ परिक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, नेपालमा होटल बुक गरेको प्रमाणपत्र र पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने विषयको हकमा अनुमतिको प्रमाण गर्नुपर्ने छ ।