नेपाल पर्यटन बोर्ड र स्थित रसियन दुतावासका वाणिज्य प्रतिनिधिहरुबीच नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटवार्तामा दुवै पक्षले आपसी सहकार्यमा दुवै देशबीच पर्यटन प्रवद्र्धन तथा अन्य क्षेत्रमा सहकार्य गर्न सकिने कुरामा जोड दिएका छन् ।
भेटका अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले आपसी दुतावासको समन्वयमा नेपालका पर्यटन व्यवसायी र सिरयाका पर्यटन व्यवसायीबीच अन्तरक्रिया आयोजना गरेर अघि बढ्न सकिने बताउनु भयो । भेटमा रुसी दुतावासका प्रमुख वाणिज्य प्रनितिधी अलेक्जेन्डर लेओनीडोवीच रिवास (Mr. Alek sander Leonidovich Ribas) ले नेपालको पर्यटन प्रद्र्धनका लागि काम गर्न सकिने बताउनु भयो । यस्तै दुतावासका नेपाल भारत तथा साउथ इस्ट एशियाका विजनेश कन्सल्टेन्ट अनस्तासिया अन्टोनोभ्ना ग्रिन्योभा (Mrs.Anastasia Antonovna Grinyova) ले नेपालको पर्यटनसँगै अन्य वाणिज्य क्षेत्रमा समेत का मगर्न सकिने बताउनु भयो ।
यसअघि पनि केही महीना अघि नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभा (Mrs. Iullia Androsova) बीच पनि पर्यटन बोर्डमा भेटवार्ता भएको थियो ।