कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको अध्यक्षमा रुद्र बहादुर न्यौपाने निर्वाचित हुनुभएको छ ।
एसोशियसनको शनिबार काठमाडौंमा भएको १० ओैें साधारणसभा तथा ७ ओैें अधिवेशन बाट अध्यक्षमा रुद्र बहादुर न्यौपाने निर्वाचित हुनुभएको हो ।
एसोशियसनको बरिस्ठ उपाध्यक्षमा रमेश कुमार बराल, प्रथम उपाध्यक्षमा देवी बहादुर राई, महासचिवमा कुमार श्रेष्ठ, सचिवमा (सर्वसम्मत) कृष्ण बस्याल (किसन), कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा सिपन तामाङ, बिष्णु आचार्य, रम्भा देवो बस्ताकोटि (सर्वसम्मत), रेखा भुषाल (सर्वसम्मत) निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित बरिस्ठ उपाध्यक्ष रमेश कुमार बरालले आओर टुरिजम ज्यूजलाई प्रतिक्रिया दिदै यो जित तपाईं हामी सम्पूर्ण व्यवसायी साथिहरुको जित हो । तपाईं हामी कोहि कसैले हारेका छैनौं, हामी सबैको मन मुटुमा बस्न चाहन्छौं । भनि प्रतिक्रिया दिनुभएको छ ।