
नयाँ कार्यसमिति चयनका लागि नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी जेठ २७ र २८ गते हुने भएको छ ।
संघको आइतबार बसेको केन्द्रीय कार्यसमितिको ७१ औं अत्यावश्यक बैठकले संघको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन जेठ २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
यस्तै संघले आगामी केन्द्रीय कार्यसमिति निर्वाचनका लागि संघको विधानको दफा ४२ ९३० बमोजिम अधिवक्ता डा। गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत रहेको निर्वाचन आयोग पनि गठन गरिएको छ ।
आयोगमा अधिवक्ता डा। रामशरण थपलीया र अधिवक्ता घनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् ।