
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबार हुने साधारणसभा एवम् निर्वाचनका लागि सोमबार जस्फा पाण्डे र गोपाल थापाले अध्यक्ष पदमा मनोनयन दर्ता गराइका हुन । यस्तै कोषाध्यक्ष पदमा पनि सकुन्तला देबकोटा र गौरी उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँकी पदमा भने सर्वसम्मत निर्वाचित भएका छन । जसमा प्रथम उपाध्यक्षमा तारालाल धरेल , द्वितीय उपाध्यक्षमा नबराज थापा, महासचिवमा निशेष थापा र सचिबमा दिपक पाण्डे रहेका छन् ।