२०७८ चैत्र ९, बुधबार | २०८१ माघ ४ | [email protected]

भिटोफ अध्यक्षमा जस्फा पान्डेलाई किन जिताउने ?

२०७८ चैत्र ९, बुधबार

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को अध्यक्षमा जस्फा पाण्डेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

शुक्रबार हुने साधारणसभा एवम् निर्वाचनका लागि पाण्डेले सोमबार अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएकी हुन ।

भिटोफको यात्रामा सदस्य देखि सचिव, महासचिवको जिम्वेवारी बहन गरिसकेकी पाण्डेले यस पटक अध्यक्षमा जिताउन सामाजिक सञ्जाल मार्फत सम्पूर्ण सदस्यहरुसंग आग्रह गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेकाे अाग्रह यस्ताे छ ?

आदरणीय अग्रज पर्यटन व्यवसायी ज्यू हरु, भिटोफका सम्पूर्ण सदस्य साथीहरु। तपाईहरुको माया, विश्वास, साथ एवं सहकार्यकै कारण भिटोफको अविचलित यात्रामा सदस्य देखि सचिव, महासचिवको जिम्वेवारी बहन गर्ने अवसर पायँ । यो विचमा पर्यटन क्षेत्रको विकास एवं ग्रामिण पर्यटनका थुप्रै आयामहरुको वारे नविनतम कार्ययोजनाहरु निर्माण गरेर भिटोफ लाई महिला नेतृत्वमा उदाहरणीय बनाउने मेरो सपनालाई साकार पार्न हजुरहरुको विवेकपूर्ण निर्णय गर्ने दिन आउदै छ ।
हामी पर्यटन व्यवसायीहरु राजनीतिक दास मात्र होइनौ, हामी विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्थामा स्वतन्त्र पनि छौं भन्ने कुरा प्रमाणीत गर्ने बेला आएको छ। हाम्रा भिटोफका मतदाता साथीहरुको चेतनाको स्तरका कारण पनि मलाई भिटोफको अध्यक्षमा निर्वाचित गराउन।राजनीति भन्दा माथी उठेर अग्रसर हुन सक्ने क्षमता देखेकी छुँ । तपाई आम सदस्य साथीहरुको विवेकलाई आधार मानेर भिटोफको अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गर्ने निर्णयमा पुगेकी छुँ । विना कुनै राजनीतिक स्वार्थ भिटोफलाई माथी उठाउने मेरो मनै देखिको प्रयासमा यहाँहरु सबैको साथको अपेक्षा गरेकी छुँ । यसपटक केही नयाँ काम गर्ने हिम्मतका साथ तपाईको विश्वासलागेर अध्यक्ष पदमा उम्मेद्वारी दिदै गर्दा यो यात्रामा साथ दिनुहोला, तपाईहरुको विश्वास र भरोसा लाई म कहिल्यै टुटन दिनेछैन ।
जय पर्यटन🙏 जय भिटोफ🙏

प्रतिक्रिया

सम्बन्धित ख