
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को चैत्र ११ (आज) गते हुने निर्वाचनका लागि अध्यक्षमा वर्तमान दृतिय उपाध्यक्ष गोपाल थापा र महासचिव जस्फा पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै कोषाध्यक्ष पदमा पनि सकुन्तला देबकोटा र गौरी उप्रेती बिच प्रतिस्पर्धा हुनेभएको छ ।
बाँकी पदमा भने सर्वसम्मत निर्वाचित भएका छन । जसमा प्रथम उपाध्यक्षमा तारालाल धरेल, द्वितीय उपाध्यक्षमा नबराज थापा, महासचिवमा निशेष थापा र सचिबमा दिपक पाण्डे रहेका छन् ।