
नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाट्टा) को कार्यसमिति सदस्यका लागि नमराज भेटुवालले उम्मेद्बारी दिएका छन्।
नाट्टाको बिहीबार काठमाडौंमा हुने ५५ अौँ साधारणसभा तथा निर्वाचनमा भेटुवालले रमेश थापा समूहबाट उम्मेद्वारी दिएका हुन्।
नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सुनखानी घर भएका नमराज भेटुवाल ठमेलस्थित अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका संचालक हुन ।
भेटुवालले वाणिज्य शास्त्रमा स्नातक सम्मको अध्ययन गरेका छन् । झन्डै तीन दशक पर्यटन क्षेत्रमा अनुभव संगालेका भेटुवालले नेपालको पर्यटन उत्थानका लागि युके, स्पेन, इटाली, स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम आदि देशको भ्रमण गरिसकेका छन् । भेटुवाल सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेका छन् ।