
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा आन्तरिक उडान ठप्प भएको छ । आन्तरिक टर्मिनलमा सयौं यात्रुहरु अलपत्र परेका छन् ।
उनीहरु छिटो उडानको प्रतिक्षामा छन् । नेपाल भ्रमणामा आएका विदेशी पर्यटकहरू समयमै गन्तव्यमा पुग्न सकेका छैनन भने विभिन्न गन्तव्यका लागि यात्रुहरू आफन्तहरुलाई टेलिफोन गर्दै उडान हुन नसक्दा भोग्नुपरेको समस्याबारे जानकारी गराइरहेको देखिन्छन् ।
केहि पयर्टन व्यवसायीहरू पनि चिनजानका व्यक्तिहरुलाई टेलिफोन गर्दै कतिबेला उडान होला र यसरी भ्रमणका कारणा विमान स्थलमा पर्यटक कुराउदा विदेशी पर्यटकमा कस्तो सन्देश पर्ला भन्ने चिन्ता रहेको नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले बताए ।
५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएका कारण केहि समय विमानस्थल बन्द गिरएको थियो ।