२०७८ चैत्र २४, बिहीबार | २०८२ बैशाख १० | [email protected]

कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको पदस्थापन कार्यक्रम सम्पन्न

२०७८ चैत्र २४, बिहीबार

कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

गत चैत्र ५ गते निर्वाचित भएको कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको नयाँ कार्यसमितिलाई सोमबार काठमाडौँमा रहेको त्रिभुवन पार्कमा बनभोज कार्यक्रमको आयोजना गरि पदस्थापन तथा प्रमाण पत्र प्रदान गरिएको हो ।

निर्वाचनबाट अध्यक्षमा रुद्र बहादुर न्यौपाने, बरिस्ठ उपाध्यक्षमा रमेश कुमार बराल, प्रथम उपाध्यक्षमा देवी बहादुर राई, महासचिवमा कुमार श्रेष्ठ, सचिवमा कृष्ण बस्याल (किसनंं), कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी सदस्यहरुमा सिपन तामाङ, बिष्णु आचार्य, रम्भा देवो बस्ताकोटि, रेखा भुषाल निर्वाचित हुनुभएको थियो ।

पदस्थापन कार्यक्रममा कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनका संस्थापक अध्यक्ष इन्द्र बहादुर दाहाल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिहं ऎर, होटल व्यवसायी महासंघ नेपालका उपमहासचिव शेर बहादुर थापा (शेरुं), जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष वीर बहादुर खतिवडा, एकता होटल व्यवसायी संघ गौशालाका अध्यक्ष ऋषि चौलागाईं, पाली होटल व्यवसायी संघ बसपार्कका वरिष्ठ उपाध्यक्ष जितेन गिरी, इन्द्रेणी टोल सुधार समिति, कलंकीका अध्यक्ष, खोपाटोल विकास समिति, बाफलका अध्यक्ष, लक्ष्मीनगर टोल सुधार समिती, कलंकीका अध्यक्ष, धर्मभकारी महिला समुहका अध्यक्ष तथा कलंकी लगायत विभिन्न संघ(संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनका वरिष्ठ उपाध्यक्ष रमेश कुमार बरालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव दिपक आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख