२०७८ चैत्र २४, बिहीबार | २०८१ माघ ७ | [email protected]

भोलिदेखि धनगढीमा ३ दिने ‘फारवेष्ट ट्राभल मार्ट’ हुने

२०७८ चैत्र २४, बिहीबार

कोरोना महामारीले थलिएको सुदुरपश्चिमको पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि धनगढीमा ३ दिने फारवेष्ट ट्राभल मार्ट २०२२ भोलिदेखि हुने भएको   छ ।

सुदुरपश्चिमको पर्यटन व्यवसायलाई बजारीकरण गदै प्रदेशमा रहेका पर्यटकीय उपजहरुलाई प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ चैत्र २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

मार्टमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक सहयोग गरेको छ भने धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजना फारवेष्ट टाभल मार्ट हुन लागेको हो ।

मार्ट अवधिभर आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफल गरिने, धनगढीका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरिने, र अन्तिम दिन कर्णाली नदीमा ¥याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने कार्यक्रम संयोजक मायाप्रकाश भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख