
सेफ्स एशोसिएशन अफ नेपालले भोलिदेखि काठमाडौँमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता गर्ने भएको छ ।
सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा आइतबारदेखि ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय निरीक्षकमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामाको उपस्थति रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा होटल व्यवस्थापनको अध्यापन हुने उपत्यकाभित्रका ११ कलेजका विद्यार्थीले भाग लिने र प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।