सातामा दुई उडान गर्ने गरि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२)देखि साउदी अरेबियाको रियादमा सीधा उडान गर्ने भएकाे छ ।
निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाए पछि वाइड बडी ए ३३० जहाज मार्फ वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्न लागेकाे हाे ।
यस गन्तव्यका लागि निगमले काठमाडौं–रियाद लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ।