२०७९ बैशाख १३, मंगलवार | २०८१ माघ ७ | [email protected]

हिमाल आरोहणको स्प्रिङ सिजन, यति धेरैले लिए आरोहण अनुमति

२०७९ बैशाख १३, मंगलवार

यस वर्षको स्प्रिङ सिजनमा नेपालका विभिन्न हिमालहरुको आरोहणका लागि ८४४ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागको तथ्याङ्क अनुसार यस वर्ष हिमाल आरोहणका लागि ८४४ जनाले अनुमति लगेका छन् । जसमा १०४ वटा टीमका ६५८ जना पुरुष र १८६ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै सगरमाथाका लागि ३०२ जना र लोत्से आरोहणका लागि १०३ जनाले अनुमति लिएका विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालको पर्वतीय पर्यटन अर्थात हिमाल आरोहणका लागि उपयुक्त र चर्चित सिजन वसन्त ऋतुलाई स्प्रिङ सिजन भन्ने गरिन्छ । हरेक वर्ष यस सिजनमा विभिन्न देशका पर्यटकहरु नेपालका विभिन्न हिमालहरुको आरोहण गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित ख