२०७९ बैशाख २०, मंगलवार | २०८१ चैत्र ७ | [email protected]

राष्ट्रिय सेफ दिवसका दिन खाना महोत्सव हुने

२०७९ बैशाख २०, मंगलवार

राष्ट्रिय सेफ दिवसका दिन खाना महोत्सव हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले वैशाख २२ गते राष्ट्रिय सेफ दिवसका दिन सामाखुशीमा खाना महोत्सव गर्न लागेको हो ।

‘खानामा शुद्धता तथा स्वास्थ्यमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एशोसिएशनले नेपाली मौलिक खानाका साथै जातीय खाना नेवारी तथा चौधरी खाना पस्कने एशोसिएशनका अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो ।

एशोसिएशनले राष्ट्रिय सेफ दिवसका दिन अग्रज एवं वरिष्ठ सेफहरूलाई सम्मान तथा खाद्य स्वच्छता र ऐन–नियमबारे पाँचदिने निःशुल्क कक्षा सञ्चालन गर्ने जनाएको छ । देशभर १ हजार ४८५ सदस्य एशोसिएशनमा आवद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख