२०७९ जेष्ठ ६, शुक्रबार | २०८१ माघ २९ | [email protected]

४८० आरोहीले चुमे सर्वोच्च शिखर

२०७९ जेष्ठ ६, शुक्रबार

जारी सिजनमा ४ सय ८० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । आरोही र शेर्पाको सहयोगी टोली गरेर यो संख्यामा सगरमाथा आरोहण भएको पर्यटन विभागले जनाएको छ ।

जारी सिजनमा सगरमाथा आरोहणका लागि ५९ देशका ३ सय १९ जना (७३ महिला/२४६ पुरुष)ले अनुमति लिएका छन् । जसमा अमेरिकी नागरिक ६५, बेलायती ३४, भारतीय २४, नेपाली २१, फ्रन्सेली १३, क्यानेडियन १७ र हंग्रेरीका २४ जना छन् । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिरे पुग्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।

वर्षको पहिलो आरोहण शेर्पासहितको ११ जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउँदै यस वर्षको पहिलो आरोहण गरेको थियो । वैशाख २४ गते आरोही कामीरिता शेर्पासहितको ११ जना शेर्पाको टोलीले विश्वकै अग्लो हिमालको सगरमाथाको चुचुरोमा चुमेका थिए । कामीरिताले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । जारी सिजनमा नै लाक्पा शेर्पाले १० औं पटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमान कायम गरिकी थिइन् ।

जारी सिजनमा शेर्पासहितको आरोही टोली गरेर ४ सय ८० आरोहीले आरोहण पूरा गरेको विभागले बताएको छ । विभागका अनुसार मौसम अनुकूल रहेकाले गर्दा विभागबाट अनुमति लिएका आरोहीले आरोहण गर्ने क्रम जारी छ आगामी सातासम्ममा आरोहण अनुमति लिएका सबै आरोहीले आरोहण पूरा गर्नेछन् ।
पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार विभागबाट आरोहण अनुमति लिएका आरोही टोली सबै बेसक्याम्प पुगेका छन् । धैरै आरोहण टोलीले वैशाखको अन्तिमदेखि जेठको दोश्रो सातासम्म आरोहण गर्ने गरी आरोहण अभ्यास गरिरहेका विभागको भनाइ छ ।

आरोहीको मृत्यु

जारी सिजनमा सगरमाथा आरोहणका क्रममा तीन तथा ल्होत्से हिमालको आरोहण्को क्रममा एक आरोहीको मृत्यु भएको छ ।
मे १० का दिन क्याम्प २ बाट क्याम्प ३ मा जाँदै गर्दा हाइ अल्टिच्युट सिकनेसका कारण बिरामी परेका दीपक महतको उपचारको क्रममा मृत्यु भएको छ ।

पायनियर एडभेन्चरबाट हिमाल आरोहणमा गएका ३१ वर्षका गुल्मी घर भएका महतको ह्याम्स अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै रसियन नागरिककोे पनि मृत्यु भएको छ । आरोहण अभ्यासका क्रममा वैशाख २४ मा रसियन नागरिक ५५ वर्षीय पावेल कोस्ट्रीकिनको अल्टिच्युट सिकनेसका कारण क्याम्प १ मा मृत्यु भएको पर्यटन विभागले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख