नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले ट्रेकिङ्ग गाइड तालिमको लागि दरखस्त आव्हान गरेको छ ।
प्रतिष्ठानले जेठ २९ गतेदेखि दिवा सत्रमा कक्षा सञ्चालन गर्ने गरी फाराम भर्ने अन्तिम मिति २०७९ जेठ २० गते र अन्तर्वाताको मिति जेठ २७ गते तोकि तालिमको लागि दरखस्त आव्हान गरेको हो ।
प्रतिष्ठनले यसपटक तालिमका लागि ८० जनाको संख्या तोकेको छ ।
प्रतिष्ठानले तालिम सैदान्तिक र प्रयोगात्मक गरी ५ हप्ताको हुने आवेदनमा खुलाएको छ।
तालिमका लागि १२ कक्षा उत्तिर्ण वा सो सरह साथै एसएलसी (एसइइ) उत्तिर्ण गरी कम्तिमा २ वर्ष ट्रेकिङ्ग कम्पनीमा काम गरेको अनुभव हुनु पर्नेछ।
तालिमका लागि दरखास्त फाराम संगै हाल सालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु बुझाउनुपर्ने प्रतीष्ठानले जनाएको छ ।