२०७९ जेष्ठ १०, मंगलवार | २०८१ माघ ४ | [email protected]

भाेलिदेखि लागू हुने गरी आन्तरिक हवाई भाडा बढ्याे, यस्तो छ नयाँ भाडादर

२०७९ जेष्ठ १०, मंगलवार

नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि नेपाल वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएका हुन् ।

संघले बढाएकाे नयाँ भाडादरमा ९० देखि ४४५ रुपैयाँसम्म वृद्धि भएको छ ।

वृद्धि भएको भाडादर अनुसार काठमाडौं–सिमराको अधिकतम भाडा तीन हजार ७२५ कायम भएको छ भने काठमाडौं–धनगढी १५ हजार ६६५ रुपैयाँ कायम भएको छ ।

यस्तै काठमाडौं–भद्रपुर ११ हजार ९३५, काठमाडौं–विराटनगर ९ हजार ३२५, काठमाडौं–जनकपुर ५ हजार २५०, काठमाडौं–भरतपुर ४ हजार ४३५, काठमाडौं–पोखरा ६ हजार ३०५, काठमाडौं–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौं–तुम्लिङटार सात हजार ४६० कायम भएको छ ।

यस्तै माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रुपैयाँ कायम भएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख