
होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा रंगबहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
संघको शुक्रबार नेपालगन्जमा भएकाे १८ औं साधारण सभा तथा १० औं जिल्ला अधिवेशन बाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे ।
नेतृत्वका लागि निवर्तमान अध्यक्ष भिमलाल कडेंल र रंगबहादुर खड्काकाे उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा सहमतिका लागि भन्दै कडेंलले उम्मेदवारी फिर्ता लिइएपछि खड्का सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हाे ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्षमा घनश्याम थापा, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा विष्णुप्रसाद पोखरेल, कोषाध्यक्षमा लक्ष्मीराज्य शाही, सह-कोषाध्यक्षमा केशव कुँवर योगी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा विनोद श्रेष्ठ, धुमबहादुर क्षेत्री, धिरेन्द्र शाही, विष्णु शाही, दीपा ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।