२०७९ श्रावण १, आईतवार | २०८१ माघ ४ | [email protected]

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित

२०७९ श्रावण १, आईतवार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित हुनुभएको छ ।

परिषद्को आईतबार बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी धुर्व अधिकारीलाई पराजित गर्दैै शर्मा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष शर्मा ७७२ मत प्राप्त गर्नु भएको थियो भने अर्का अध्यक्षका उम्मेद्वार अधिकारीले ५६८ मत प्राप्त गर्नु भएको थियो।

यस्तै, उपाध्यक्षमा शर्मा समूहबाट  सहदेव धमला र प्रश्रय राजभण्डारी तथा अधिकारी समूहबाट गीता गुरुङ निर्वाचित हुनुभएको छ । महासचिवमा धुव्र अधिकारी समूहबाट राजीव पाण्डे निर्वाचित हुनुभएको छ । सचिव र कोषाध्यक्षमा अधिकारी समूहबाट रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजु निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा शर्मा समूहबाट चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकारी, लालबाबु चौधरी, पूर्णिमा मालाकार, तेन्जिङ लामा र अधिकारी समूहबाट प्रकाश थपलिया र श्रीकृष्ण थपलिया निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख