
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को छ महिनामा १५ लाख १४ हजार १ सय ९१ जनाले यात्रा गरेका छन्। विमानस्थल कार्यालयको तथ्यांकअनुसार छ महिनामा ८ लाख २८ हजार ३सय ६६ जना नेपालबाट बाहरिएका छन् भने ६ लाख ८५ हजार ८ सय २५ जना नेपाल भित्रिएका छन्।
विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १० हजार ६६० उडान र अवतरण भएका छन्। सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्समा कतार एयरवेज रहेको छ। कतार एयरवेजले सन् २०२२ को जनवरीदेखि जुन अन्तिमसम्म ३ लाख १२ हजार ८ सय १९ यात्रुलाई सेवा दिएको छ। भने दोस्रोमा नेपाल एयरलाइन्स रहेको छ। नेपाल एयरलाइन्सले सन् २०२२ को जनवरीदेखि जुन अन्तिमसम्म २ लाख ८० हजार ५ सय ७ यात्रुलाई सेवा दिएको छ।
त्यस्तै हिमालय एयरलाइन्सले १ लाख ८५ हजार ४ सय १३, फ्लाई दुबईले १ लाख ५३ हजार १ सय ८९, एयर अरेबियाले ७५ हजार १ सय २८, जजिरा एयरवेजले ७१ हजार ७ सय १६ र एयर इन्डियाले ६० हजार १ सय ९३ यात्रु बोकेका छन्।