२०७९ श्रावण १५, आईतवार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

सगरमाथा आधार शिविरलाई तल सार्न गृहकार्य, हतार नगर्न पर्वतारोहीको सुझाव

२०७९ श्रावण १५, आईतवार

सगरमाथा आरोहण सुरु भएयता उपयोग हुँदै आएको सात दशक पुरानो आधार शिविरलाई केही सय मिटर तल सार्न गृहकार्य सुरु भएको छ ।

मानवीय गतिविधिका कारण आधार शिविरमा वातावरणीय जोखिम बढेकाले यसको संरक्षण आवश्यक रहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताउँनुभयो ।  सगरमाथा आरोहणलाई सहज पार्न गत वर्ष वसन्त ऋतुमा विभागद्वारा गठन गरिएको सगरमाथा अनुगमन तथा सहजीकरण समितिले आधार शिविर परिवर्तन गर्न सुझाव दिएको हो।

हाल सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको छ । सन् २०२४ सम्ममा नयाँ स्थानमा शिविर सार्ने विभागको प्रारम्भिक योजना छ । महानिर्देशक अधिकारीले २ सयदेखि ४ सय मिटर तल शिविर सार्न समितिले सुझाएको तर दायाँबायाँ तथा उचाइको हिसाबले राख्ने ठाउँ अझै तय भइनसकेको बताउँनुभयो । महानिर्देशक अधिकारीले मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय लिनुपर्ने बताउँनुभयो । बर्सेनि सयौं पर्वतारोहीले गर्दा सगरमाथा क्षेत्रमा आरोहणजन्य फोहोर र प्रदूषणसमेत बढ्ने गरेको छ ।

पर्यटन विभागद्वारा गठित सगरमाथा अनुगमन तथा सहजीकरण समिति सदस्य सचिवसमेत रहेका नापी विभागप्रमुख नापी अधिकृत खिमलाल गौतम खुम्बु हिमनदी पग्लेर हिउँ सखाप हुँदै गएकाले आधार शिविर केही तल झार्न आवश्यक रहेको तर्क गर्नुभयो ।

सगरमाथाको दक्षिणी मोहडामा करिब २ हजार वर्ष लागेर बनेको हिउँ विगत २५ वर्षमै पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ ।  वैज्ञानिक जर्नल नेचरमा प्रकाशित तथा अमेरिकाको मेन विश्वविद्यालयका अनुसन्धानकर्ताले नेतृत्व गरेको उक्त अध्ययनले दक्षिणी मोहडामा १५० फिट हिउँ ९बरफ० क्षय भइसकेको देखाएको हो। हिउँ बन्नेभन्दा पग्लने क्रम ८० गुणाले तीव्र रहेको उक्त अध्ययनको निष्कर्ष छ । यसैगरी सन् २०१८ मा बेलायतको लिड्स विश्वविद्यालयले गरेको अध्ययनले आधार शिविरनजिकको हिमनदीको एक भाग बर्सेनि एक मिटरका दरले पातलो हुँदै गएको देखाएको थियो। दुईपटक सगरमाथा आरोहण गरिसकेका र कैयौंपटक आधार शिविर पुगेका नापी विभागका गौतम सयौं आरोही कैयौं दिनसम्म आधार शिविरमा बस्ने र यो क्रममा खाना पकाउँदा तथा पिसाब फेर्दासमेत तातोपना बढ्दा हिउँ पग्लने गरेको मान्छन्।

यसैबिच, सगरमाथा २६ पटक आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका  पर्वतारोही कामी रिता शेपार्ले आधार शिविर सार्न हतार गर्न नहुने बताउँनुभयो ।

वातावरण जोगाउन एलपी ग्यासको प्रयोगको साटो विद्युतीय तथा वैकल्पिक ऊर्जाको प्रयोग गर्न सकिने र सरकारले यसमा सहयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो । आधार शिविर सार्दा पनि सगरमाथा चढ्ने बाटो उही भएकाले अहिलेको आधार शिविर १ मा परिवर्तन हुन सक्ने र सगरमाथाको आरोहणका लागि शिविरको संख्या बढेर पाँच पुग्ने उहाँको भनाइ छ । सााभार सोलु एफ.एम

प्रतिक्रिया

सम्बन्धित ख