हरिराम भेटुवाल संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफु सरकारमा आए देखि पर्यटन क्षेत्रको विकासका लागि काम गरिरहेकाे बताएका छन।
नेपाल खेलकुद महासंघ समाजवादीले काठमाडौंमा गरेको राष्ट्रिय कार्यकता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने कोभिडले पर्यटन क्षेत्रमा पारेको असरलाई हटाउन पर्यटन क्षेत्रमा पुनः उत्थान कार्यक्रम ल्याएको र नेपालमा पर्यटन प्रर्वद्वन गर्न दसौं वर्षको योजना बनाएर अघि बढनुपर्ने र नेपालमा खेलकुदको विकासले पनि पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।


