
पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ ।
नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘कमल’, निलहरि बाँस्तोला र बोधराज भण्डारीले उम्मेदवारी दिएका छन् । मुख्य गरि नयाँ नेतृत्वको लागि दुई समूह प्यानलसहित र एक जना स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका छन्। यधपी सापकोटा र बाँस्तोला समूहविच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
१ हजार ८ सय व्यवसायी आबद्ध रहेकाे टानमा १ हजार २ सय ५० मतदाता रहेका छन् । निर्वाचन बाट अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिने टानकाे विधानमा व्यावस्था रहेकाे छ ।