२०७९ भाद्र ४, शनिबार | २०८१ माघ २९ | [email protected]

नेपाली होटल व्यवसायी संघको नेतृत्व हस्तान्तरण हुन्छः अध्यक्ष उमेश सुवेदी

२०७९ भाद्र ४, शनिबार

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन भदौ ४ गते हुदै छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा काठमाडौंको बसुन्धरास्थित दियालो फुटल्यान्डमा हुने साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने संघले जनाएको छ ।

सातौं साधारणसभादेखि निरन्तर कार्यसमितिमा रहेका अध्यक्ष उमेश सुवेदीले १२ औं अधिवेशनबाट नयाँ उर्जाशिल टिमलाई कार्यभार सुम्पिन आफू आतुर रहेको बताउनुभयो । सुवेदीले आफ्नो कार्यकालमा होटल व्यवसाय तथा व्यवसायीहरुको निम्ति एकदमै महत्वपुर्ण कार्यहरु गर्न सफल भएको बताउँनुभयाे ।

विभिन्न समयमा चेतनामूलक प्रशिक्षक कार्यक्रम, कोभिडले व्यवसाय ठप्प हुदा गोङ्गबु क्षेत्रमा रहेका व्यवसायीहरु विस्थापित हुन नपरोस भन्ने उद्देश्यले घरधनी, टोलसुधार समितिहरुसँग समन्वय गरेर कोभिडको समयमा घरभाडामा ५० प्रतिशत भाडा छुट लगायतका काम गर्न सफल भएको बताउँदै सुवेदीले आगामी दिनहरुमा पनि नयाँ कार्यसमितिलाई सहयोग गर्दै जाने बताउनुभयो ।

२०५७ सालमा स्थापना भएको यस संस्थाले होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख