
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशकाे अध्यक्षमा रचना पन्त सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
शनिबार लुम्बिनीमा भएकाे १४ औ बार्षिक साधारण सभा तथा अधिबेशनबाट पन्त सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । पन्त साैरभ राईज टुर्स एण्ड ट्राभल्स बुटवलकी सन्चालक हुनुहुन्छ ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापा, द्वितीय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतीय उपाध्यक्षमा अनिल मान श्रेष्ठ, महासचिवमा अन्जन श्रेष्ठ, सचिवमा ज्ञानुमाया पाेखरेल, कोषाध्यक्षमा सुजित श्रीवास्ताव, सहकोषाध्यक्षमा विराट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा सीता वस्याल, मन्जु गिरी पुरी, गणेश भट्टराई , गाेविन्द सिंह सलसजा, फणीन्द्र पाैडेल, विना न्याैपाने र दिपेश गुप्ता सर्वसम्मत चयन हुनुभएको छ ।