शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले आज डलरको खरिद दर १२७ रुपैयाँ ५२ पैसा र बिक्री दर १२८ रुपैयाँ १२ पैसा तोकेको छ। भने युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ तोकेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ८० पैसा र बिक्रीमा ९२ रुपैयाँ २३ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैइाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ ।