सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) रहेको छ । यस ठाउँमा जान हिमाल आरोहणबाहेक अन्य तरिकाले जान मुश्किल पर्दछ ।
सगरमाथाको चुचुरोमा हावाको चाप समुद्री सतहको एक तिहाइ हुने भएकाले यसकाे माथि उड्न निकै गाह्रो हुन्छ । तर ‘डीजेआई मेभिक ३’ (DJI Mavic 3) नामक ड्रोनले खिचेको भिडिओ सार्वजनिक भएको छ । उत्त ड्राेनले सगरमाथाको एकदमै मनमोहक दृश्यहरू पनि खिचेको छ ।
मे २७ मा डीजेआई र एटकेरअ (8KRAW) ले संयुक्त रूपमा आयोजना गरि खिचेको भिडियो ‘फ्लाइङ ओभर माउन्ट एभरेष्ट ‘ नाम दिएर रिलिज भएको छ ।
भिडियोमा हेर्नुहाेस्