होटल, रिसोर्ट तथा रेष्टुरेण्टहरुले सर्भिस चार्ज र भ्याट जोडेर अतिरिक्त रकम लिन नपाउने भएका छन् ।
मदन ढुंगानाले काठमाडौंको बुढानीलकण्ठस्थित ग्रिन भ्याली रिसोर्टविरुद्ध दायर गरेको मुद्दामा २०७९ भदौ ०२ गते जिल्ला अदालतले फैसला सुनाउँदै यस्तो ठहर गरेको हो।
फैसलामा काठमाडौं जिल्ला अदालतले मेनुमा अतिरिक्त रकम जोड्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ विपरीत भएको फैसलामा भनेको छ। जिल्ला अदालतको यो फैसलापछि अब होटल, रिसोर्ट तथा रेष्टुरेण्टहरुले सर्भिस चार्ज र भ्याटका नाममा थप रकम लिएमा ठगी हुने छ।
अब होटल, रिसोर्ट तथा रेष्टुरेण्टहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर ९भ्याट० मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन्।
यस्तो छ फैसलाको पूर्ण पाठ