
नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि पर्यटनबाटै समृद्धि हासिल गर्ने उदेश्यका साथ स्थापित संस्था टुरिजम रिर्सच एण्ड ट्रेनिङ इन्स्टिच्युटले पर्यटन सचेतनाका लागि पर्यटन गीतको विमोचन गरेको छ ।
विश्व पर्यटन दिवसकाे दिन मंगलबार काठमाडौंमा एक कार्यक्रमका बिच “अपार छ है पर्यटन मिलिजुली गराैं पर्वद्धन” नामक पर्यटन गीत सार्वजनिक गरिएकाे हाे ।
मदन बरालको शव्द, सरोज प्याकुरेलको संगीत तथा गायक आनन्द कार्की, शुदर्शन बराल तथा गायिका माण्डबी त्रिपाठीको स्वर रहेको सो गीतमा नेपालका चर्चित पर्यटकीय गन्तव्यहरु समाहित रहेका छन् ।
गीतबाट आम जनमानसमा पर्यटन सचेतना जागृत हुन गई ती स्थानहरुको प्रभावकारी प्रवद्र्धन हुने गीतकार मदन बरालले बताउनुभयाे ।
भाद्र ३१ गते रसियन कल्चर सेन्टरमा आयोजित नेशनल टुरिजम कन्फरेन्समा पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेलले उक्त विमोचन गर्नुभएकाे थियाे । भने गीतमा नेपाल एपिएफ स्कूल कीर्तिपुरका विद्यार्थीहरुले नृत्य गरेका थिए ।
सो गीत नेपालको पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मका पर्यटकीय गन्तव्य समाहित संभवत पहिलो पर्यटन गीत रहेको कुरा गीतका संगीतकार सरोज प्याकुरेलले जानकारी गराउनु भयो ।
अपार छ है पर्यटन बोलको गीतलाई आज विश्व पर्यटन दिवसका अवसर पारेर कैयन कैयन संस्थाहरुले कार्यक्रमको शुरुवातमै बजाएका थिए ।
https://www.youtube.com/watch?v=vOdYy4EflzMhttps://youtu.be/vOdYy4EflzM