२०७९ आश्विन १३, बिहीबार | २०८१ चैत्र ७ | [email protected]

जीटीटीपी नेपालका सदस्य विद्यालयहरुमा यसरी मनाइयो विश्व पर्यटन दिवस

२०७९ आश्विन १३, बिहीबार

जीटीटीपी नेपालका सदस्य विद्यालयहरुमा यसरी मनाइयो विश्व पर्यटन दिवस

काठमाडौंकाे बौद्धमा रहेकाे विद्या सागर बाेर्डिङ स्कुलका विद्यार्थीहरूले पर्यटन दिवस मनाएका छन् ।

जीटीटीपी नेपालकाे सदस्य रहेकाे विद्या सागर बाेर्डिङ स्कुलका विद्यार्थीहरूले पर्यटकहरु के भन्छन, नेपाल घुम्न जाउँ भन्छन , पर्यटनबाटै समृद्धि, हाम्रो रहर सफा र सुन्दर नगर, पर्यटन सचेतना अहिलेको आवश्यकता आदि लेखेका प्ले कार्ड सहितका विद्यालय परिसर आसपासका क्षेत्रमा परिक्रमा गरी मनाएका छन् ।

कार्यक्रममा विद्यालयका निर्देशक , प्राचार्य लगायत अन्य शिक्षक शिक्षिकाहरुको समेतको उपस्थिति रहेको थियो ।

जीटीटीपी नेपालको सहकार्यमा भएको सो कार्यक्रम पर्यटन सचेतना जागृत गराउने एउटा राम्रो उदाहरण भएको विद्यालयका प्राचार्य पोष्टहरि बरालले बताउनुभयो ।त्यसैगरि पोखरास्थित बालोदय स्कुललका विद्यार्थीहरुले पनि पर्यटन दिवसका अवसरमा नगर परिक्रमा गरेका थिए ।

रिथिंक टुरिजम , नेपाल इज ब्यूटिफुल जस्ता प्लेकार्ड सहित विद्यालयबाट शुरु भएको रयाली विद्यालयमै आएर टुंगिएको थियो । विद्यार्थीहरुले नेपालको पर्यटन र संभावनाका बारेमा आ आफनो धारणा समेत राखेका थिए ।

विद्यालयका कार्यक्रम संयोजक रमेश आचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पर्यटनको महत्वका बारेमा बोध हुने र पर्यटन क्षेत्रप्रति यूवाहरुको रुचि बढ्दै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख