
कोहलपुर नगरपालिका-११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जना जुवाडेलनई पक्राउ गरेकाे छ ।
बिहीबार बिहान ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र राना लगायत १२ जनालाई पक्राउ गरेकाे हाे ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।