सरकारले गत वैशाखदेखि विदेशी मदिरा आयातमा प्रतिबन्द लगाए पछि होटल व्यवसायीहरुले पर्यटन आतिथ्यतामा नकारात्मक असर परेको भन्दै आयात खुलाउन पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दवाव दिएका छन् ।
मन्त्री श्रेष्ठले व्यवसायीको दवाव पछि विदेशी मदिरा आयात खुलाउने प्रस्ताव आफूले क्याबिनेट लगेको जानकारी दिए। देशको पर्यटन उद्योग प्रभावित भएको भन्दै मन्त्री श्रेष्ठले क्याबिनेटमा विदेशी मदिरा आयातमा लगाइएको प्रतिबन्ध खुलाउन प्रस्ताव लग्ने बताए ।
सरकारले मदिरा आयातमा प्रतिबन्द लगाएसँगै त्यसको प्रत्यक्ष असर तारे होटलहरुको व्यापारमा देखिँदै आएको छ।
विदेशी पर्यटकहरुले होटलमा विदेशी मदिरा नै खोज्न थालेपछि होटलमा उपलब्ध गराउनै मुश्किल परिरहेको व्यवसायीहरुको भनाई छ ।