पाङ्ग्रा पन्चर भएपछि नेपाल वायुसेवा निगमको जहाज मालीमा ग्राउन्डेड भएको छ।
नेपाली सेनाको शान्ति मिसनको टोली बोकेर बुधबार राति काठमाडौँबाट दोहा हुँदै मालीका लागि उडेको नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस–३२० (नाइनएन–एकेडब्लु) जहाज पश्चिम अफ्रिकी देश मालीमा ग्राउन्डेड भएको हो।
शुक्रबार नेपाल आइपुग्नुपर्ने जहाज टायरको अर्को व्यवस्था नभएपछि मालीमा ग्राउन्डेड हुनपुगेको छ ।