
होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेनुमा सेवा शुल्क र भ्याट जोडेर लिए कारबाही हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेनु मूल्यमै सेवा शुल्क र भ्याट जोडेर मूल्य तोकेको हुने भन्दै थप रकम नलिन आग्रह गरेको छ ।
साथै सेवाग्राहीसँग होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेनु मूल्यका अतिरिक्त १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए उजुरी गर्न उपभोक्तालाई विभागले आग्रह गरेको छ ।